फिल्मको गफ

म आफुलाई फिल्म-लवर भन्न मनपराउने व्यक्ति, तर झन्डै ९ - १० बर्षको अन्तरालपछि आज पहिलो पटक नेपाली फिल्म हेर्न गइयो कबड्डीले मन जित्यो फिल्म हेर्नु अगाडिसम्म पनि कस्तो नै होला र जस्तो लागेको थियो तर बास्तवमै नेपाली चलचित्रहरु राम्रो बन्न थालेका रहेछन् , खुशी लाग्यो

फिल्मबारे धेरै काम गरिसक्नुभाका हाम्रा गोबिन्‍द सिवाकोटी दाईले एक दिन मलाई भान्नुभाकोथ्यो – “कथाबस्तु जे जस्तो भएपनि एउटा चलचित्रले दर्शकहरुलाई चलचित्र अवधिभर मनोरन्जन दिनसक्नेसम्मको हुनु नै ठूलो कुरा हो”हुन पनि हो पहिलो कुरा त मान्छेहरुलाई फिल्म हलसम्म तान्न सक्नुपर्यो नी नेपाली चलचित्रहरुले त्यसपछि कुरा आउंछ बिषयबस्तुको त्येही पुरानै शैलीले हिरो र गुण्डाको फाइटकै भरमा दर्शक तान्ने बिचार छाडिदिए उत्तम होला चलचित्रकर्मीहरुले फिल्ममा नयाँपन भए त हल खचाखच नै हुने रैछ नी ! हिजोआज नेपाली फिल्महरु हेरेर आएपछि साथीहरुले पनि तिनीहरु बारे सकारात्मक कुरा गरेको सुन्दैआएको छुआशा छ नेपाली चलचित्र उद्योग अझै यसरीनै फस्टाउँदै जानेछ  फेरी छिट्टै नै अर्को नेपाली फिल्म हेर्न जाने विचारमा छु│:)

Comments

Popular posts from this blog

"Surprises"

Not Only Women's Business

"My Darling Sister"