“पश्चिम अनि म”

कर्णाली ब्लुजबाट प्रेरित भएर सुरेश प्राञ्जलीको तुइनपढ्न सुरु गरें│ सुरुवातमै रुवायो बाइ ! पश्चिमी नेपालको कथा सुन्न पढ्न एकदम रुची राख्छु म│ शायद अहिलेसम्म पश्चिम नेपाल देख्न नपाएको कारणले पनि हो की जस्तो लाग्छ│ ‘कर्णाली ब्लुजजति दुई पटकसम्म भ्याको थिएँ│ हुन त ममीको लागि किनिदिएको किताब हो, सुरुमा खोल हेर्दा के नै राम्रो होला र जस्तो लागेको थियो│ घरमा ल्याको तीन दिनसम्म त हेर्दा पनि हेरिन│ तर आज बिहान के झोक चल्यो कुन्नि, चिया पिउँदा पिउंदै तुइनपल्टाएँ│ कथाको पहिलो भाग सक्दा सक्दै मेरो मन किताबमा बस्यो│ अफिस निस्कनुअघि भाग ३ सम्म सकेर मात्र निस्किएं│ भोलि शनिबार दिनभरी बसेर ‘तुइनसक्ने धोको छ│:D

Comments

Popular posts from this blog

"Surprises"

Not Only Women's Business

"My Darling Sister"