फिरफिरे,फेरि आउनु है?

.... ‘त्यसको कुनै पता चल्यो?’ ‘नाइँ, काका !’ ‘त्यो भेटिनलाइ हराएकै थिएन’, उसले भन्यो .... ‘फिरफिरे’ले अलिकति हाँसोसंगै धेरै आसुँ दिएर गयो ! मीठो कथा, अविस्मरणीय पात्रहरु र भावुक अन्त्य; ‘फिरफिरे’को पढाई-यात्राभारी नै मनमा धेरै खालका आँधीबेरीहरु महसुस भइरहे ! किताबका पान्नाहरु सकिँदै जाँदा अनौठो छट्पटी थियो, जुन हरेक पान्नासंगै बढ्दै बढ्दै गइरह्यो, र अन्त्यमा आँशु बनेर अन्तिम पन्नामा बर्सिए! राता भएका आफ्ना आँखाहरु चिम्म गरी ‘फिरफिरे’ बन्द गर्दै गर्दा यस्तो लागिरहेछ, अब बसन्तलाईजस्तै मलाई पनि कहिल्यै नमेटिने पर्खाइ रहीरहनेछ.. पवन, जुठीमाई र अर्को यस्तै धित मार्ने फिरफिरेको ! ................