Posts

Showing posts from 2016

फिरफिरे,फेरि आउनु है?

Image
.... ‘त्यसको कुनै पता चल्यो?’ ‘नाइँ, काका !’ ‘त्यो भेटिनलाइ हराएकै थिएन’, उसले भन्यो  .... ‘फिरफिरे’ले अलिकति हाँसोसंगै धेरै आसुँ दिएर गयो ! मीठो कथा, अविस्मरणीय पात्रहरु र भावुक अन्त्य; ‘फिरफिरे’को पढाई-यात्राभारी नै मनमा धेरै खालका आँधीबेरीहरु महसुस भइरहे ! किताबका पान्नाहरु सकिँदै जाँदा अनौठो छट्पटी थियो, जुन हरेक पान्नासंगै बढ्दै बढ्दै गइरह्यो, र अन्त्यमा आँशु बनेर अन्तिम पन्नामा बर्सिए! राता भएका आफ्ना आँखाहरु चिम्म गरी ‘फिरफिरे’ बन्द गर्दै गर्दा यस्तो लागिरहेछ, अब बसन्तलाईजस्तै मलाई पनि कहिल्यै नमेटिने पर्खाइ रहीरहनेछ.. पवन, जुठीमाई र अर्को यस्तै धित मार्ने फिरफिरेको !  ................